Logo

२ बैशाख, वीरगञ्ज । विगत केही समयदेखि विभिन्न सामाजिक सञ्जालहरूमा समाजमा द्वेष एवं उत्तेजना सिर्जना हुने गरी सार्वजनिक भएका भ्रामक सूचनाहरूप्रति जिल्ला प्रशासन कार्यालय, पर्साले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले मंगलबार एक विज्ञप्ति जारी गर्दै वीरगञ्जमा भएका र नभएका पुराना घटनाको तस्वीर र भिडियोहरु सामाजिक सञ्जालमा राखिएका सामाग्रीहरुले पछिल्लो समयमा वीरगंजको परिवेशलाई प्रतिकूल असर गर्ने र वीरगंजसँग असम्बन्धित सामग्रीहरू सार्वजनिक भएको पाइएमा कानून बमोजिम कार्वाही हुने उल्लेख गरेको छ।

स्थानीय प्रशासनले धार्मिक र सामाजिक सद्दभाव भड्काउने खालका कार्य प्रचलित कानून बमोजिम दण्डनीय हुने चेतावनी दिएको छ। सूचनामा भ्रामक सामग्री पोस्ट गर्ने, शेयर गर्ने, लाइक गर्ने र सामाजिक सद्भाव बिथोलिने गरी कमेन्ट गर्ने कार्य गर्ने र गराउने माथि कानून बमोजिम कारवाही गरिने व्यहोरा सम्बन्धित सबैलाई सूचित गरिएको छ।

जिल्ला प्रशासन कार्यालय पर्साले त्यस्ता सामग्रीहरू शीघ्र हटाउन सम्पूर्णमा अनुरोध गरेको छ। प्रशासनले सामाजिक सञ्जालको प्रयोगलाई मर्यादित र जिम्मेवार बनाउन समेत आग्रह गरेको छ।


सम्बन्धित समाचार