
२ बैशाख, वीरगञ्ज । हनुमान जयन्तीको शोभायात्रामा धार्मिक सद्भाव विथोल्ने ४ जनालाई प्रहरीले गिरफ्तार गरेको विरुद्ध हिन्दु धर्मसँग सम्वद्ध युवाहरुले वीरगञ्जमा प्रर्दशन गरेका छन् । स्थानीय प्रशासनले भने वीरगञ्जमा कुनै भेला, सभा र विरोध सभा नगर्न निषेधाज्ञा जारी गरेको छ ।
प्रहरीले हिन्दु समुदायका २ जना व्यक्ति पक्राउ गरेकोले तत्काल छोड्न दवाव दिने उदेश्यले मंगलवार राती ८ बजे प्रहरी कार्यालय घेराउ गर्न पुगेका युवाहरुलाई प्रहरीले त्यहाँबाट लखेटेको थियो । प्रहरी कार्यालय अगाडी हिन्दुवादी र प्रहरी विच भिडन्त भएको थियो । उक्त घटनामा समाचार संकलनमा गएका स्थानीय एकजना पत्रकार समेत घाइते भएका छन् ।
प्रहरी कार्यालयबाट लखटिएका हिन्दु युवाहरुले जय श्रीरामको नारा लगाउदै वीरगञ्ज बजार बन्द गराउदै हिडेका छन् । उनीहरुले स्थानीय प्रहरी प्रशासन विरुद्ध नाराबाजी गर्दै प्रहरीले नियन्त्रणमा लिएका २ जना हिन्दु युवाहरुलाई तत्काल छोडन माग गरेका छन् ।
जिल्ला प्रशासन कार्यालयले गएको चैत ३१ गते एक सूचना जारी गर्दै वीरगञ्जमा बैशाख १ गते कुनै सभा, सम्मेलन, विरोध जुलुस वा कोणा सभा नगर्न निषेधाज्ञा जारी गरेको थियो ।
चार दिन अगाडि हनुमान ज्यन्तीको अवसरमा निकालियो शोभायात्रमा उच्छृङखल गतिविधि गर्दै धार्मिक सदभाव बिथोल्न खोजेको आरोपमा प्रहरीले मंगलबार चार जनालाई नियन्त्रणमा लिएको छ ।
सिसिटिभि फुटेज, ड्रोन र सामाजिक सञ्जालको भिडियोमा देखिएको प्रमाणका आधारमा ४ जनालाइ पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालले बताए ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा २ जना हिन्दुवादी र २ जना मुस्लिम समुदायका रहेको प्रहरीको भनाई छ । शोभायात्रामा उच्छृङखल गतिविधि गरेका व्यक्तिहरुको पहिचान गरी पक्राउ गर्न विशेष टोली खटाइएको थियो ।