Logo

२ बैशाख, वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि आज साँझ भएको एक घटनामा दुई जना सन्चारकर्मी घाइते भएका छन्। घाइते हुनेमा पत्रकार अनिल ओझा र अर्जुन गुप्ता रहेका छन्।घाइते हुनेमा एक जनाको टाउको फुटेको छ भने अर्का एक जनाको खुट्टामा गम्भीर चोट लागेको छ।

प्रत्यक्षदर्शीका अनुसार, जिल्ला प्रहरी कार्यालय अगाडि केही व्यक्तिहरुको समूह र प्रहरीबीच विवाद भएको थियो। सोही क्रममा समाचार संकलनका लागि पुगेका पत्रकार ओझा र गुप्तालाई चोट लागेको बताइएको छ।

घाइते पत्रकारद्वयको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ। उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ भने प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ। घटनामा संलग्न भएको आशंकामा केही व्यक्तिहरुलाई नियन्त्रणमा लिइएको बताइएको छ।

नेपाल पत्रकार महासंघ पर्सा शाखाले घटनाको निन्दा गर्दै पत्रकारहरुको सुरक्षामा ध्यान दिन प्रशासनसँग माग गरेको छ। महासंघले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न पनि आग्रह गरेको छ।

यस घटनाले पर्सामा कार्यरत सन्चारकर्मीहरु त्रसित भएका छन्। निष्पक्ष समाचार संकलनका लागि पुगेका पत्रकारमाथि भएको यो आक्रमण प्रेस स्वतन्त्रतामाथिको ठाडो उल्लंघन भएको भन्दै विभिन्न सञ्चार माध्यमहरुले यसको भत्र्सना गरेका छन्।


सम्बन्धित समाचार