प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

२९ वैशाख,जनकपुर । नेपाल भेटेरिनरी एशोसिएसन मधेश प्रदेशको चौथो साधारण सभा तथा अधिवेशन जनकपुरमा सम्पन्न भएको छ। अधिवेशनले वीरगञ्जका वरिष्ठ पशु चिकित्सक डा. दिनेश कुमार तिवारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

नवनिर्वाचित समितिका अन्य पदाधिकारीहरूमा उपाध्यक्षमा डा. पवन कुमार झा, सचिवमा डा. सुवास कुमार सिंह, सह–सचिवमा डा. सुदिप शर्मा र कोषाध्यक्षमा डा. सुवाष झा रहेका छन्।

त्यसैगरी, समितिका सदस्यहरूमा डा. विशाल यादव, डा. जितेन्द्र कुमार यादव, डा. रवि यादव, डा. श्री कृष्ण शाह, डा. अमर कुमार शाह र डा. मनिस झा चयन भएका छन्।
नयाँ कार्यसमितिले मधेश प्रदेशमा पशु स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन र पशु चिकित्सकहरूको हकहितका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। डा. तिवारीको नेतृत्वमा गठित यो समितिले प्रदेशमा भेटेरिनरी क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ।


सम्बन्धित समाचार