Logo

२९ वैशाख,वीरगञ्ज । पोखरिया नगरपालिका वडा नम्बर १ को बनकाटवादेखि पोखरियासम्म ४५ लाख रुपैयाँको लागतमा नाला निर्माण कार्य सुरु भएको छ। मधेश प्रदेश सरकारका खेलकुद तथा समाज कल्याण मन्त्री माननीय प्रमोद जयसवाल र पोखरिया नगरपालिकाका नगर प्रमुख प्रधुमन चौहानले संयुक्त रूपमा एक कार्यक्रमबीच नालाको शिलान्यास गरेका छन्।

शिलान्यास कार्यक्रममा पोखरिया नगरपालिकाका नेकपा एमाले नगर कमिटीका अध्यक्ष बिन्द्याचल ठाकुर, वडा नम्बर १ का वडा अध्यक्ष प्रमोद गिरी, स्थानीय नेताहरू, युवाहरू, बुद्धिजीवीहरू लगायतको उपस्थिति रहेको थियो।

नाला निर्माण सम्पन्न भएपछि बनकाटवादेखि पोखरिया क्षेत्रमा जल निकासको समस्या समाधान हुने र स्थानीयवासीलाई सहजता हुने विश्वास लिइएको छ। मन्त्री जयसवाल र नगर प्रमुख चौहानले समयमै गुणस्तरीय काम सम्पन्न गर्न निर्माण पक्षलाई निर्देशन दिएका छन्। स्थानीयवासीले नाला निर्माण कार्य सुरु भएकोमा खुसी व्यक्त गरेका छन्।


सम्बन्धित समाचार