२९ वैशाख,वीरगञ्ज । वीरगञ्ज वडा नम्बर ८ निवासी डा. मनोज कुमार सरार्फ जनमत पार्टीमा प्रवेश गरेका छन्।
जनमत पार्टी पर्सा जिल्ला कार्यालयमा आयोजित एक कार्यक्रममा जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फले डा. सरार्फलाई पार्टीको सदस्यता प्रदान गरी स्वागत गरेका हुन्। अर्थशास्त्रमा विद्यावारिधी र कृषि विज्ञानमा स्नातक गरेका डा. सरार्फले विगत २५ वर्षदेखि प्लान इन्टरनेसनल र स्ट्रीट चाइल्ड अफ नेपाल जस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूमा उच्च पदमा रहेर सामाजिक कार्य गरेको अनुभव छ।
कार्यक्रममा जनमत पार्टीका केन्द्रीय सदस्य रम्भा मिश्र, प्रदेश सदस्यद्वय बृजेस्वर प्रसाद चौधरी र राजनारायण मिश्र, महानगर अध्यक्ष महादेव शर्मा लगायत नेताहरू रामजी रौनियार, गगन देव यादव, ध्रुप महतो, हिरालाल राम र कृष्ण कुशवाहाको उपस्थिति रहेको थियो। डा. सरार्फको पार्टी प्रवेशले वीरगन्ज क्षेत्रमा जनमत पार्टीलाई थप बलियो बनाउने विश्वास लिइएको छ।















