Logo

२९ बैशाख, वीरगञ्ज । रिलिफ सोसाइटी अफ कमर्सले आफ्नो ३४औं स्थापना दिवस तथा बुद्ध पूर्णिमा जयन्तीको अवसरमा सोमबार २९ गते एक भव्य औपचारिक कार्यक्रम आयोजना गरेर सम्पन्न गरेको छ। उक्त कार्यक्रम बिरगंजको आदर्शनगर स्थित रिलिफ सोसाइटी भवनमा सम्पन्न भएको छ। रिलिफ सोसाइटी अफ कमर्स बिरगंजका अध्यक्ष योगेन्द्र प्रसाद यादवको अध्यक्षतामा सम्पन्न भएको थियोे।

उक्त कार्यक्रममा सामाजिक, शैक्षिक, स्वास्थ्य, खेलकुद र उद्यमशीलताको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका पाँच विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गरिएको थियोे। संस्थाले साहित्य क्षेत्रमा जयकिशोर पाण्डे, चिकित्सा क्षेत्रमा डा. भरत गोइत, खेलकुद क्षेत्रमा भेटान्स सिटी क्लबका अध्यक्ष सविन बस्नेत, समाजसेवा क्षेत्रमा श्रीमती विद्या कुमारी सारावगी, अध्यक्ष उपकार सेवा नेपाल, महिला उद्यम क्षेत्रमा श्रीमती आरती सिंहलाई दोसल्ला ओढाई मायाको चिनो दिई सम्मान गरिएको थियोे।

अध्यक्ष यादवका अनुसार, प्रत्येक वर्ष समाजमा प्रेरणादायी कार्य गर्ने व्यक्तित्वहरूलाई सम्मान गर्दै आएको सम्मानको परम्परालाई निरन्तरता दिँदै यस वर्ष पनि विभिन्न क्षेत्रका अग्रणी व्यक्तित्वहरूको योगदानको कदर स्वरुप सम्मान गरिएको हो ।

रिलिफ सोसाइटी अफ कमर्सका पुर्व अध्यक्ष समाजसेवी एवं वरिष्ठ उधोगपति गणेश लाठका भनाई अनुसार रिलिफ सोसाइटी समाज सेवाको लागि नै स्थापित भएको संस्था हो।यो संस्था बुद्ध ज्यन्तीका दिन नै स्थापना भएको थियोे।

कार्यक्रममा प्रमुख अतिथि वीरगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष हरि गौतमले सम्मानित व्यक्तिहरुलाई दोसल्ला र सम्मानपत्र सहित सम्मान गरेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष श्याम बन्जारा, वरिष्ठ पत्रकार जगदिश प्रसाद शर्मा, वरिष्ठ अधिवक्ता बाल मुकुन्द खरेल, उद्योपति अशोक बैध, वीरगन्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष माधव राजपाल, निवर्तमान अध्यक्ष अनिल पटवारी लगायतकको उपस्थिति रहेको थियोे।

 


सम्बन्धित समाचार