३० बैशाख, पाटना (भारत) । भारतको बिहार राज्य अन्तर्गत पूर्वी चम्पारण जिल्लामा सोमवार बूढ़ी गंडक नदीमा नुहाउने क्रममा तीन जना बालबालिका बेपत्ता भएका छन् । तीव्र बहावका कारण उनीहरू नदीमा बगेर बेपत्ता भएका हुन् ।
थानाध्यक्ष संजीव मौर्यका अनुसार, नौ वर्षीया अञ्जली कुमारी, दस वर्षीया नन्दनी कुमारी र छ वर्षीय चमचम कुमार नदीमा नुहाउन गएका थिए। उनीहरू सबै एकै गाउँका बासिन्दा र आपसमा साथी रहेका थिए। बालबालिका बेपत्ता भएपछि गाउँमा शोक र तनावको वातावरण छाएको छ।
घटनाको जानकारी पाएलगतै स्थानीय प्रशासन र प्रहरी सक्रिय भएका छन् । खोजी कार्यमा स्थानीय गोताखोरहरू परिचालित गरिएको छ । तर अहिलेसम्म उनीहरूको कुनै सुराक फेला परेको छैन । थप सहयोगका लागि राज्य आपदा प्रतिक्रिया बल (SDRF) लाई पनि खटाइएको छ। SDRF टोली आज मंगलवारदेखि अभियानमा सहभागी हुँदैछन् ।
थानाध्यक्ष मौर्यले भने, “हामी कुनै कसर बाँकी राख्दैनौं । खोजी अभियान तबसम्म जारी रहनेछ जबसम्म हराएका बालबालिकाको अवस्था स्पष्ट हुँदैन ।”
घटनापछि सम्पूर्ण गाउँ शोकमा डुबेको छ । अभिभावकहरू र स्थानीय बासिन्दा नदी किनारमा आशाले कुरिरहेका छन्। प्रशासनले जनतालाई अफवाहहरूमा विश्वास नगर्न र कुनै पनि जानकारी भएमा तुरुन्तै प्रहरीलाई खबर गर्न अनुरोध गरेको छ ।














