प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

३० वैशाख, काडमाडौं । काभ्रेपलाञ्चोकको रोशी खोलामा बर्खा सुरु नहुँदै बाढीले विपी लोकमार्ग अवरुद्ध हुनुको साथै मानवीय क्षति समेत भएपछि संसदमा कुरा उठेको छ ।

आज प्रतिनिधिसभाको बैठकमा कांग्रेस र सिन्धुलीबाट निर्वाचित सांसदहरुले संसदमा कुरा उठाएका हुन् । काभ्रेपलाञ्चोकका सांसद सूर्यमान दोङ र सिन्धुलीका सांसद लेखनाथ दाहालले रोशी खोलामा आएको बाढीले एक जना बेपत्ता भएको र विपी राजमार्ग अवरुद्ध हुँदा हजारौं यात्रु अलपत्र परेको भन्दै गुनासो गरेका छन् । सांसदद्वय दोङ र दाहालले पीडित जनतालाई राहत दिन माग पनि गरेका छन् ।

विपत् व्यवस्थापन कोषमा ७ अर्ब रकम भए पनि सरकारले बाढी पहिरो पीडित कोशी र रोसी खोला किनारमा भएका जनताका लागि खर्च नगरेको सांसद दाहालको गुनासो छ । सांसद दोङले जनताको पिडामा मलहम लगाउने काम गर्न सरकारलाई आग्रह गरेका छन् ।

रोशीखोलामा हिजो आएको बाढीका कारण विपी राजमार्ग अवरुद्ध भएको छ भने हजारौं यात्रुहरु अलपत्र परेका छन् । बाढीमा परि पनौती नगरपालिका–५ की ३३ वर्षीया रेनुका गिरी बेपत्ता छन् । उनको महिलाको अवस्था अझै अज्ञात छ । सोमबार अपराह्न आएको बाढीमा कुलो पार गर्ने क्रममा गिरी बेपत्ता भएकी थिइन् ।


सम्बन्धित समाचार