३० बैशाख, सिन्धुली । सिन्धुलीमा कारको ठक्करबाट एक बालकको ज्यान गएको छ ।
सिन्धुलीको दुधौली नगरपालिका–८ खोरभञ्ज्याङस्थित मदन भण्डारी राजमार्गमा कारले ठक्कर दिँदा १० वर्षीय बालक मन्देश सदाको ज्यान गएको हो । उदयपुरको कटारीबाट सिन्धुलीको डकाहातर्फ जाँदै गरेको बीएबी ०१८८ नम्बरको ल्यान्ड क्रुजर कारले बालकलाई ठक्कर दिएको थियो । कारको ठक्करबाट गम्भीर घाइते भएका बालकलाई उपचारका लागि दुधौली नगर अस्पताल सिर्थौली लगिएपनि उपचारको क्रममा क्रममा मृत्यु भएको सिन्धुली प्रहरीले जनाएको छ । कार र चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।















