Logo

३० बैशाख, वीरगञ्ज । पर्सा फोटोग्राफर एशोसिएसनका जिल्ला सदस्य तथा अनुभवी फोटोग्राफर तबरेज आलमप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनको सम्झनामा दीप प्रज्जवलन गरेको छ । वीरगञ्जको घण्टाघरमा मंगलबार साँझ श्रद्धाञ्जली सहित दीप प्रज्वलन सम्पन्न भएको हो।

पकहाँमैनपुर गाउँपालिका–५ लक्ष्मीपुर निवासी ३० वर्षीय तबरेज आलम विगत १० वर्षदेखि फोटोग्राफी पेशामा क्रियाशील थिए। अत्यन्त मेहनती, समर्पित र आत्मीय व्यक्तित्वका धनी आलमको निधनले फोटोग्राफर समुदायमा ठूलो क्षति पुगेको एशोसिएसनले जनाएको छ।

श्रद्धाञ्जली सभाको सञ्चालन मुकेश सर्राफले गरेका थिए। श्रद्धाञ्जलीमा सहभागीहरूले दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै, तबरेज आलमले पर्साको फोटोग्राफी क्षेत्रमा पु¥याएको योगदानको स्मरण गरेका थिए।

पर्सा फोटोग्राफर एशोसिएसनले दिवंगत सदस्यप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ। कार्यक्रममा पर्सा फोटोग्राफर एशोसिएसनका उपाध्यक्ष विद्यासागर साह, सचिव अनिल पटेल, कोषाध्यक्ष कामेश्वर गुप्ता, तथा सदस्यहरू शिव, मकसुदन, राजु, अमित लगायतको उपस्थिति रहेको थियो।


सम्बन्धित समाचार