प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

सांकेतिक तस्वीर

३१ बैशाख, काठमाडौँ । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ७ स्थित कचौडे भीरमा रहेको त्रिशुली नदीमा नुहाउने क्रममा दुई बालिका बेपत्ता भएका छन् ।

बेपत्ता हुनेहरूमा ११ वर्षीया जेनी डंगोल र ११ वर्षीया सदिक्षा राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय, नुवाकोटका अनुसार, उनीहरू हिजो (मंगलबार) बेलुकीपख त्रिशुली नदीमा नुहाउन गएका बेला बगेर बेपत्ता भएका हुन् ।

घटनापछि सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम प्राप्त टोली घटनास्थलमा खटिएको छ । सशस्त्र प्रहरी बलका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार, घटनापछि हिजो बेलुकीदेखि नै खोजी कार्य सुरू गरिएको थियो भने आज बिहानैदेखि पुनः खोजी कार्य जारी छ ।

स्थानीय बासिन्दा, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले त्रिशुली नदीको आसपासमा खोजी कार्य तीव्र पारेको छ । घटनास्थल संवेदनशील भएकाले खोजीमा थप सावधानी अपनाइएको बताइएको छ ।

स्थानीय प्रशासनले नदी किनारमा नुहाउने तथा पौडी खेल्ने समयमा सचेत रहन आम नागरिकलाई आग्रह गरेको छ ।


सम्बन्धित समाचार