३१ बैशाख, काठमाडौँ । संघीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार पनि बस्दैछ । बैठक बिहान ११ बजेका लागि बोलाएको संसद् सचिवालयले जनाएको छ ।
बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल जारी रहने सम्भावित कार्यसूची छ ।
यस्तै ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ मा प्रेम सुवालले दर्ता गरेको विरोधको सूचना निर्णयार्थ पेश गर्ने सम्भावित कार्यसूची छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ प्रस्तुत गर्ने सचिवालयले जनाएको छ ।

राष्ट्रिय सभाको बैठकमा पनि आगामी आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) सभामा छलफल हुने सचिवालयले बताएको छ ।















