Logo

३१ बैशाख, काठमाडौँ । काठमाडौँ महानगरपालिका- २४ मखनटोलमा आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिलराज बोहराका अनुसार दयाराम श्रेष्ठको चारतले घरमा ग्यास ‘लिक’ भई आगलागी हुँदा एक जनाको मृत्यु भएको हो। मृतकको पहिचान खुलेको छैन।

‘ग्यास लिक हुँदा आगलागी भएको छ। महिलाको शव फेला परेको छ । सनाखत हुन बाँकी छ’, उनले भने, ‘आगो निभाउने प्रयास जारी छ।’

आगलागी भएको श्रेष्ठको घरसँगैको रुकेश श्रेष्ठको पाँचतले घरमा पनि आगो लागेको छ।


सम्बन्धित समाचार