३१ बैशाख,काठमाडौँ । पूर्वअर्थमन्त्री जर्नादन शर्माले चालु खर्च ३५ प्रतिशतमा झार्नेगरी बजेट ल्याउन सुझाव दिएका छन् ।
आज प्रतिनिधिसभामा प्रि बजेटमाथिको छलफलमा बोल्दै शर्माले चालु खर्च ६५ प्रतिशतलाई ३५ मा झार्ने गरी बजेट ल्याउन सुझाव दिएका हुन् । आर्थिक क्षेत्रको पुनर्संरचना गरेर मात्रै आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्नेमा शर्माले जोड दिएका छन् । आगामी बजेट आम्दानी र खर्चको फाँट मात्रै नभएर देशको समृद्धिको असमानताको खाडलबाट उक्सिन नसकेका जनतालाई माथि ल्याउने उद्देश्यमूलक दस्ताबेजको रुपमा प्रस्तुत हुने अपेक्षा रहेको गरिएको शर्माले बताएका छन् ।















