३१ बैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले अत्यधिक गर्मी बढेकोले विद्यालय विहानी समयमा सञ्चालन गर्ने निर्णय गरेको छ । महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले सार्वजनिक सूचना जारी गर्दै हालको अत्यधिक गर्मीका कारण वीरगंज महानगरपालिकाका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूको पठनपाठनको समय परिवर्तन गरिएको जनाएका छन्।
महानगरपालिकाले एक सूचना जारी गर्दै जेठ १ गतेदेखि अर्को सूचना जारी नभएसम्म बिहान ६ बजेदेखि विद्यालयहरू सञ्चालन हुने जनाएको हो। दिउँसोको अत्यधिक गर्मीले पठनपाठनमा असहजता भएकाले विद्यार्थी तथा शिक्षकहरूको सुविधालाई ध्यानमा राखेर यो निर्णय गरिएको महानगरपालिकाले स्पष्ट पारेको छ। महानगरले तोकिएको समय नघट्ने गरी शिक्षण सिकाई गर्न महानगरले निर्देशन दिएको छ ।















