३१ वैशाख,काठमाडौं । महालेखापरीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको गत आर्थिक वर्षको लेखापरीक्षणको सारांशअनुसार प्रदेश सरकारहरुतर्फ सबैभन्दा धेरै बेरुजु मधेश प्रदेशमा देखिएको छ।
प्रतिवेदन अनुसार, गत आर्थिक वर्षमा प्रदेश सरकारहरूको लेखापरीक्षण अंकको तुलनामा औसत १.३६ प्रतिशत बेरुजु रहेकोमा मधेश प्रदेशको बेरुजु २.५७ प्रतिशत छ। यो सबै प्रदेशमध्ये सबैभन्दा बढी हो। यसैगरी, बागमती प्रदेशमा सबैभन्दा कम ०.८२ प्रतिशत बेरुजु रहेको प्रतिवेदनमा उल्लेख छ।
उता, स्थानीय तहहरूको लेखापरीक्षणतर्फ लेखापरीक्षण अंकको तुलनामा २.२६ प्रतिशत बेरुजु देखिएको महालेखाले जनाएको छ। जसमध्ये ६९२ स्थानीय तहमा ५ प्रतिशतभन्दा कम र ६८ स्थानीय तहमा ५ देखि १५ प्रतिशतसम्म बेरुजु रहेको छ।















