प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१ जेठ, काठमाडौं । थानकोटमा दुई प्रहरीबीच कुटपिट भएको घटना सार्वजनिक भएको छ । केही समयअघि थानकोट नाकामा खटिएका ट्राफिक प्रहरीका एक निरीक्षक (इन्सपेक्टर) ले थानकोट बृत्तका एक जवानलाई कुटेका हुन् ।

नाकामा सुरक्षाका लागि खटिएका जवानलाई इन्सपेक्टरले थप्पड हानेको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । त्यसपछि काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले छानविन सुरु गरेको थियो ।

सो क्रममा कुटाइ खाने र कुटपिटमा संलग्न दुवै प्रहरी कारबाहीमा परेको काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक एवं प्रवक्ता शेखर खनालले बताएका छन् ।


सम्बन्धित समाचार