प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१ जेठ,बारा । बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ३ स्थित नेवतनको श्री रामजानकी राष्ट्रिय आधारभूत विद्यालयमा चिल्ड्रेन पार्क र चार कोठे भवनको शिलान्यास गरिएको छ। पूर्वमन्त्री जितेन्द्र सोनलले एक कार्यक्रमका बीच ती संरचनाको शिलान्यास गरेका हुन्।

माननीय जितेन्द्र सोनलको पहलमा मधेस प्रदेश सरकारबाट विनियोजित बजेटबाट शिक्षा क्षेत्रको विकास र विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि यी संरचना निर्माण गर्न लागिएको हो। चिल्ड्रेन पार्क २५ लाख रुपैयाँ र भवन ३० लाख रुपैयाँको लागतमा निर्माण हुनेछ।

शिलान्यास कार्यक्रममा लोसपाका केन्द्रीय सदस्य तथा प्रसौनी गाउँपालिकाका पूर्व अध्यक्ष भोला गुप्ता, पन्नालाल यादव, राजहरण साह, विश्वनाथ साह कानु, जितेन्द्र साह कानु, प्रमानन्द पटेल, सरजुग दास, शिव नाथ साह, संजय तिवारी, प्रेम चन्द्र साह, गणेश महतो, नरेश पटेल, संतोष साह र विद्यालयका प्रधानाध्यापकलगायत स्थानीयको उपस्थिति रहेको थियो।


सम्बन्धित समाचार