प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१ जेठ,काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रधानमन्त्रीका सल्लाहकार धेरै भएको टिप्पणी गरेका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्रीका सल्लाहकार धेरै भएकाले त्यसलाई घटाउनु पर्ने धारणा राखेका हुन्।

यसका साथै उनले प्रदेशमा चार मन्त्री मात्रै राख्ने व्यवस्था गर्न प्रस्ताव गरेका छन्। ‘प्रदेशमा एउटा मुख्यमन्त्री चार जना मन्त्रीभन्दा बढी नराख्ने व्यवस्थाको सुरुवात गरौं,’ उनले भने।

उनले राष्ट्रपतिदेखि वडाध्यक्षसम्म सल्लाहकार नियुक्ति गर्ने बहानामा राज्यको सम्पत्ति दोहन भइरहेको बताएका छन्। त्यसलाई कम गर्दै लैजानुपर्ने अहिलेको अपरिहार्यता रहेको खतिवडाले बताए।


सम्बन्धित समाचार