Logo

१ जेठ, काठमाडौँ । काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका बेरुजु नभएको एकमात्र पालिका बनेको छ ।

गत आर्थिक वर्षमा पनि शुन्य बेरुजु रहेको महाभारतले त्यसलाई निरन्तरता दिँदै शुन्य बेरुजु कायम गर्न सफल भएको हो । महालेखापरीक्षकको ६२ औँ वार्षिक प्रतिवेदनले महाभारत गाउँपालिकामा बेरुजु नै नभएको देखाएको छ ।

आर्थिक वर्ष ०८०÷०८१ मा १ अर्ब २७ करोड ९४ लाख ५५ हजारको लेखापरीक्षण हुँदा बेरुजु शुन्य रहेको आएको हो । महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा रहेका छन् । उनी नेकपा माओवादी केन्द्रका युवा नेता हुन् ।

जिम्बाको नेतृत्वमा रहेको महाभारत गाउँपालिकामा रामबहादुर तमाङ प्रमुख प्रशासकीय अधिकृत र शान्ता भट्टराई लेखा प्रमुख रहँदा आर्थिक कारोवारको हिसाब सतप्रतिशत मिलेको पाईएकाले बेरुजु नदेखिएको हो ।


सम्बन्धित समाचार