Logo

१ जेठ, बैशाख । प्रसौनी गाउँपालिका वडा नं.–२ स्थित बेंगा साह माध्यमिक विद्यालयको प्राङ्गणमा चिल्ड्रेन पार्क निर्माण हुने भएको छ । चिल्ड्रेन पार्क निर्माणको बिहीबार शिलान्यास गरिएको छ। खेलकुद तथा समाज कल्याण मन्त्रालय, मधेस प्रदेशबाट प्राप्त बजेटमा उक्त पार्क निर्माण गर्न लागिएको हो ।

पार्क निर्माणका लागि प्रसौनी गाउँपालिका अध्यक्ष विनोद प्रसाद जैसवालको विशेष पहलमा बजेट विनियोजन गरिएको हो। शिलान्यास कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अध्यक्ष जैसवालले बालबालिकाको शारीरिक, मानसिक र सामाजिक विकास मात्रै नभई मोरञ्जनका लागि पनि पार्कले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष श्रीमती किरण देवी, कार्यपालिका सदस्य शिवजी कुमार कलवार, वडा सदस्य सत्यनारायण, संजय पटेल, विकाश कुशवाहा, शंकर यादव विद्यालयका शिक्षक, अभिभावक, स्थानीय समाजसेवी र अन्य जनप्रतिनिधिहरुको पनि सक्रिय सहभागिता रहेको थियो।

स्थानीय समाजसेवीहरूले विद्यालयको खाली जग्गाको सदुपयोग गर्दै चिल्ड्रेन पार्क जस्तो महत्वपूर्ण संरचना निर्माण गर्ने कामप्रति धन्यवाद ज्ञापन गर्दै यसको सफल कार्यान्वयनका लागि सहकार्यको प्रतिबद्धता जनाए।


सम्बन्धित समाचार