१ जेठ, काठमाडौं । प्रहरीले किर्ते कागजात बनाउने तीन जनालाई पक्राउ गरेको छ ।
किर्ते कागजात बनाउने गोरखाको भीमसेन थापा गाउँपालिका–१ का अञ्जनी बयलकोटी, ओखलढुंगाको चम्पादेवी गाउँपालिका–७ का निर्मल खड्का र मकवानपुर कैलान गाउँपालिका–२ की अञ्जु खत्री पक्राउ परेका हुन् । काठमाडौंको तारकेश्वर नगरपालिका–७ फुटुङमा किर्ते कागजात बनाउने कारखाना फेला परेपछि प्रहरीले हिजो छापा मारेको थियो ।
विभिन्न सरकारी कार्यालय, स्थानीय तह, बैंक तथा वित्तीय संस्था, शैक्षिक प्रमाणपत्र आदि किर्ते गरी नक्कली बनाउने गरेको पाइएको छ । यसबारे प्रहरीले आज मात्रै पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । उनीहरूले ८ वर्षदेखि यस्ता काम गर्दै आएको खुलेको छ ।
उनीहरूले डिपेन्डेन्ट भिसाका लागि नक्कली विवाह दर्ता प्रमाणपत्रसमेत बनाउने गरेको पाइएको छ ।

















