Logo

१ जेठ,काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई बन्दी प्रत्यक्षीकरणको सुनुवाइका लागि आज सर्वोच्च अदालतमा उपस्थित गराइएको छ। सर्वोच्च अदालतको आदेशानुसार उनलाई प्रहरीले सशरीर अदालतमा उपस्थित गराएको हो।

मिश्रलाई काठमाडौं प्रहरी परिसरबाट हत्कडी लगाएर न्यायाधिवक्ताको कार्यालयसम्म पु¥याइएको थियो। त्यहाँबाट सर्वोच्च अदालत लैजाँदा भने उनको हत्कडी खोलिएको थियो।

सुरक्षाकर्मीले उनलाई न्यायाधिवक्ताको कार्यालयको पछाडिको गेटबाट निकालेर भित्री बाटो हुँदै सर्वोच्च अदालत पु¥याएका थिए। सर्वोच्च अदालतको गेटमा प्रवेश गराउनुअघि उनको हत्कडी पूर्ण रूपमा हटाइएको थियो।

सर्वोच्च अदालतमा उनको बन्दी प्रत्यक्षीकरणको मुद्दामाथि सुनुवाइ हुँदैछ।


सम्बन्धित समाचार