Logo

२ जेठ,काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रसँग शुक्रबार सर्वोच्च अदालतको इजलासमा बयान लिइँदै छ। नेपाल प्रहरी प्रधान कार्यालयले महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जवाफ पेस गरेपछि अदालतले मिश्रको बयान लिन लागेको हो।

मिश्रलाई बिहीबार साँझ नै सर्वोच्च अदालतमा उपस्थित गराइएको थियो। उनकी पत्नी सारिका कार्कीले दायर गरेको रिटमा न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले बुधबार कारण देखाऊ आदेश जारी गर्दै अनुसन्धानको मिसिलसहित २४ घण्टाभित्र मिश्रलाई इजलासमा उपस्थित गराउन आदेश दिएको थियो।

प्रहरीले गत चैत्र १५ गते काठमाडौंको तीनकुनेमा राजावादी समूहले गरेको हिंसात्मक गतिविधिमा संलग्न भएको आरोपमा मिश्रसहित दुर्गा प्रसाईँ लगायतलाई पक्राउ गरेको थियो। मिश्रमाथि प्रहरीले राज्यद्रोह, सङ्गठित अपराध र आपराधिक उपद्रव कसुरमा अनुसन्धान गरिरहेको छ।


सम्बन्धित समाचार