Logo

२ जेठ, काठमाडौं । बैशाख महिनामा बैंकहरुको ऋण लगानी ७ अर्बले खुम्चिएको छ ।

बैशाख मसान्तसम्म आइपुग्दा बैंकहरुको ऋण लगानी ४९ खर्ब ८ अर्बमा झरेको हो । बैंकहरुले चैत मसान्तसम्म ४९ खर्ब १८ अर्ब ऋण लगानी गरेको थियो ।
पछिल्लो समय ब्याजदर सस्तिएपनि ऋण लगानीमा कमी आएको हो । ब्याजदर घटेपनि कर्जाको माग बढ्न नसकेका कारण ऋण खुम्चिएको बैंकर्सहरुले बताएका छन् । विभिन्न स्किमको प्रयोग गर्दा समेत ऋण लगानी बढाउन नसकिएको राष्ट्रिय वाणिज्य बैंकका सीइओ देवेन्द्ररमण खनाल बताउँछन् ।

यसअघि गत कात्र्तिकमा ऋण २ खर्ब रुपैंयाले खुम्चिएको थियो । चालु आर्थिक वर्षको सुरुवाती पहिलो महिना साउनमा २ अर्बले बढेको कर्जा भदौमा ५३ अर्ब, असोजमा ५६ अर्ब, मंसिरमा ४२ अर्ब, पौषमा ९४ अर्ब, माघमा १२ अर्ब, फागुनमा २३ अर्ब र चैतमा ६५ अर्ब बढेको थियो । बैंकर्सहरुका अनुसार विशेषगरी ठूला परियोजना र कर्पाेरेट क्षेत्रबाट ऋणको माग नआएका कारण हाल सानो कर्जा प्रवाहले ऋण लगानी खुम्चिएको छ ।


सम्बन्धित समाचार