२ जेठ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले कमजोर प्रणालीका कारण विद्युत आपूर्तिमा समस्या आएको बताएको छ ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विद्युत् उत्पादन बढदै गए पनि सोही अनुसार प्रसारण लाइन सञ्जाल बढ्न नसक्दा विद्युत् आपूर्तिं प्रभावित भएको बताएका हुन् । शाक्यले आज आयोजित पत्रकार सम्मेलनमा नेतृत्व फेरिएकै कारण विद्युत आपूर्तिमा समस्या नआएको दाबी गरेका छन् ।
उनले अहिलेको मौसमका कारण समस्या आएको स्पष्ट पारेका छन् । विगतका वर्षहरुमा पनि चैतदेखि जेठसम्म विद्युत आपूर्तिमा समस्या आउने गरेको बताउँदै उनले बत्ती जानुमा अहिले अन्य कारण केही नभएको दाबी गरेका छन् ।
साथै शाक्यले प्राविधिक समस्याले विद्युत आपूर्तिमा गडबडी हुँदा लोडसेडिङ नै भयो भनेर हल्ला नफिजाउन आग्रह गरेका छन् ।















