Logo

२ जेठ,काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको बन्दीप्रत्यक्षीकरण रिटमाथि सर्वोच्च अदालतमा सुनुवाई सकिएको छ।

अदालतको आदेशानुसार मिश्रलाई हिजो सर्वोच्च अदालतमा उपस्थित गराइए पनि आज मात्रै सुनुवाई भएको हो। सर्वोच्च अदालतका सहायक प्रवक्ता निराजन पाण्डेले थाहाखबरलाई यसबारे जानकारी दिएका छन्।

मिश्रकी पत्नी सरिका कार्कीले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गर्दै उनलाई अदालतमा उपस्थित गराउन आदेश दिएको थियो।


सम्बन्धित समाचार