२ जेठ,काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माबीच भेटवार्ता भएको छ।
शर्माका अनुसार, उनीहरुबीच देशको समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भएको हो।
भेट देउवाको बूढानीलकण्ठस्थित निवासमा भएको थियो। भेटमा भएका अन्य विषयबारे थप जानकारी दिइएको छैन।

















