३ जेठ,डोटी । राष्ट्रिय दलित अभियान आज नेकपा माओवादी केन्द्रमा समाहित भएको छ। माओवादी केन्द्रले मध्यपहाडी लोकमार्ग अभियानअन्तर्गत दिपायलमा आयोजना गरेको जनसभामा राष्ट्रिय दलित अभियानका संयोजक प्रेम विसीले आफ्ना समर्थकहरूसहित माओवादी केन्द्रमा एकताको घोषणा गरेका हुन्।
जनसभालाई सम्बोधन गर्दै प्रेम विसीले दलित समुदायको अधिकार, समानता र सामाजिक न्यायको सुनिश्चितताका लागि अध्यक्ष प्रचण्ड र माओवादी केन्द्रलाई बलियो बनाउनु अपरिहार्य रहेको बताए। उनले आफ्नो अभियानलाई माओवादी केन्द्रमा समाहित गरेसँगै दलित समुदायको आवाज अझ सशक्त हुने विश्वास व्यक्त गरे।
यो समायोजनले सुदूरपश्चिममा माओवादी केन्द्रको संगठनलाई थप बल पुग्ने अनुमान गरिएको छ।

















