प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

४ जेठ, काठमाडौं । प्रहरी महानिरिक्षक (आइजीपी) दीपक थापाले जेठ १५ गते हाई अलर्टमा रहन निर्देशन दिएका छन् ।

आइजीपी दीपक थापाले जेठ १५ गते राजावादीले गर्ने भनेको प्रदर्शनमा हाइ अलर्ट (उच्च सर्तक) रहन आग्रह गरेका हुन् । आज भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लवमा उपत्यकाका प्रहरी कार्यालय प्रमुखलाई निर्देशन दिँदै उनले कानूनको कार्यान्वयन, जनताको जीउधनको सुरक्षा र जनजीवनलाई सहज बनाउने कामलाई महत्व दिन आग्रह गरेका छन् । साथै आइजीपी थापाले प्रदर्शनका क्रममा हुने कुनै पनि अराजकतापूर्ण गतिविधि सह्य नहुने भन्दै त्यसका लागि सबै प्रहरी यूनिटलाई तयारी अवस्थामा बस्न भनेका हुन् ।

फरक प्रसंगमा उनले प्रहरी अधिकृतले मातहतका कर्मचारीलाई कुटपिट गरेको घटनाले प्रहरी सङ्गठनलाई बदनाम गरेको बताएका छन् । गलत काम गर्ने कर्मचारीलाई सङ्गठनको विधिअनुसार कारबाही हुने आईजीपी थापाको भनाइ छ ।


सम्बन्धित समाचार