प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

४ जेठ,वीरगञ्ज । सशस्त्र प्रहरी बल पर्साले विशेष सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका–१ छपकैया गाउँमा छापा मारेर ६ लाख ९८ हजार ८ सय रुपैयाँ बराबरको भन्सार छली गरी ल्याइएको तयारी कपडा बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा., प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्ज र वीरगञ्ज भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले छपकैया गाउँमा रहेका तीनवटा घरमा आकस्मिक जाँच गरेको थियो।

जाँचका क्रममा भारतबाट अवैध रूपमा भन्सार छली गरेर लुकाई छिपाई राखिएको अवस्थामा उक्त मूल्य बराबरको तयारी कपडा फेला परेको सशस्त्र प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी देवेन्द्र बहादुर सिंहले जानकारी दिनुभयो।

बरामद गरिएको कपडालाई आवश्यक कानूनी कारबाहीका लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाइएको छ।


सम्बन्धित समाचार