प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

५ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार मन्त्रिपरिषद् बैठक आज सोमबार साँझ पाँच बजेतिर बस्ने तय भएको छ। तर, बैठक बालुवाटारमा बस्ने कि सिंहदरबारमा भन्ने विषय अझै टुंगो लागेको छैन।

आजको मन्त्रिपरिषद् बैठकबाट लामो समयदेखि रिक्त रहेको नेपाल राष्ट्र बैंकको गभर्नर पदमा नियुक्ति हुने सम्भावना रहेको छ। स्रोतका अनुसार सत्तारुढ प्रमुख दुई दल, नेपाली कांग्रेस र नेकपा एमालेबीच अर्थशास्त्री डा. विश्व पौडेललाई गभर्नर नियुक्त गर्ने सहमति भइसकेको छ।

यसअघि गभर्नर सिफारिस समितिका सदस्य रहेका पौडेलले गभर्नर बन्नकै लागि गत वैशाख २८ गते समितिबाट राजीनामा दिएका थिए। उनको स्थानमा सरकारले डा। पोषराज पाण्डेलाई सिफारिस समितिको नयाँ सदस्य नियुक्त गरिसकेको छ।

नेपाल राष्ट्र बैंक गभर्नरविहीन अवस्थामा रहँदा नीतिगत निर्णयहरू प्रभावित भएका छन्। आजको मन्त्रिपरिषद्ले यसतर्फ अन्तिम निर्णय लिने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार