Logo

Aerial View

२ जेठ, काठमाडौं । घरजग्गा कारोबारबाट गत बैशाखमा पछिल्लो १० महिना यताकै बढी राजस्व संकलन भएको छ ।

चालु आर्थिक वर्षको पछिल्लो ९ महिनाको तुलनामा बैशाखमा सबैभन्दा बढी ४ अर्ब ५४ करोड २२ लाख रुपैंया राजस्व उठेको हो । सबैभन्दा बढी बैशाखमा र सबैभन्दा कम कात्र्तिक महिनामा २ अर्ब ७० करोड ४० लाख मात्रै उठेको भूमि व्यवस्थापन तथा उभिलेख विभागले जनाएको छ ।

यर्सैगरी, साउनमा ३ अर्ब ८३ करोड ५० लाख, भदौमा ३ अर्ब ९ करोड २ लाख, असोजमा ३ अर्ब ८ करोड १२ लाख, मंसिरमा ३ अर्ब ८७ करोड ४८ लाख, पुसमा ४ अर्ब २५ करोड, माघमा ३ अर्ब ८७ करोड, फागुनमा ४ अर्ब १२ करोड र चैतमा ४ अर्ब ३९ करोड ४६ लाख रुपैयाँको कारोबार भएको विभागको तथ्यांकले देखाएको छ । सबै महिनाको गरी चालु आर्थिक वर्षको १० महिनामा घरजग्गा कारोबारबाट कुल ३७ अर्ब ७६ करोड ७१ लाख रुपैयाँ राजस्व उठेको छ ।
यसैबीच, बैशाख महिनामा कित्ताकाट पनि बढेको छ । वैशाखमा मात्रै ५२ हजार ४२३ वटा नयाँ घरजग्गा किनबेच भएका छन् । यद्धपी कुल कारोबार भने चैतको तुलनामा घटेको देखिन्छ । कुल कारोबार घटे पनि चैतको तुलनामा वैशाखमा घरजग्गा कारोबार र कित्ताकाट दुवैको लिखत पारित बढेको विभागले जनाएको छ ।

गत चैतमा ४९ हजार ८ सय ३२ वटा नयाँ घरजग्गा किनबेच भएको थियो । वैशाखमा कुल १ लाख ४४ हजार ६० र चैतमा १ लाख ४७ हजार ४ सय १६ वटा कारोबार भएको विभागको तथ्यांक छ  । चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्म कुल १२ लाख ६९ हजार ४ सय ४८ कारोबार भएको विभागको तथ्यांक छ ।


सम्बन्धित समाचार