प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

५ जेठ,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले पूर्व गृहमन्त्री रवि लामिछानेले ३४ दिनको कार्यकालमा तस्करी नियन्त्रणमा ठूलो सफलता हासिल गरेको दाबी गरेका छन्। उनले वर्तमान गृहमन्त्री तस्करी नियन्त्रणमा असफल भएको आरोप लगाएका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद झाले भने, “भर्खरै क्यापिटल नेपाल नामक एउटा मिडियामा समाचार आएको छ र त्यसमा लेखिएको छ– जब गृहमन्त्री रवि लामिछाने आए तब सीमाबाट हुने चोरी तस्करी नियन्त्रणमा ठूलो सफलता मिलेको बताउँछन्। तर त्यसपछिका गृहमन्त्रीहरु तस्करी नियन्त्रणमा कुनै काम नगरेको बताउँछन्। यो हो हामीले गर्ने स्टन्ट। राष्ट्रिय स्वतन्त्र पार्टीले ३४ दिनमा गरेको गृहमन्त्रालय सम्हाल्दै गर्दा कसरी तस्करी नियन्त्रण गरेका थियौं भन्ने कुरा स्टन्ट हो?“

उनले न्यायपालिकाप्रति जनताको विश्वास कमजोर हुँदै गएको पनि बताए। “आज न्यायलयहरुले विभिन्न संरक्षण त दिइरहेको छ तर यो अभ्यासले गर्दा न्यायलयप्रतिको विश्वास कमजोर भइरहेको छ। न्यायलयले न्याय देला भनेर विश्वास गर्ने ठाउँ कमजोर हुँदै गएको छ,“ उनले भने।


सम्बन्धित समाचार