Logo

५ जेठ,काठमाडौं । सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्ट एक लाख रुपैयाँ धरौटी बुझाएर रिहा हुने भएका छन्। जिल्ला अदालत काठमाडौंका न्यायाधीश दीनबन्धु बरालको इजलासले सोमबार विष्टलाई उक्त धरौटीमा रिहा गर्न आदेश दिएको हो।

विष्टलाई नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न प्रहरीलाई अनधिकृत पत्र लेखेको आरोपमा पक्राउ गरिएको थियो। उनकै नक्कली पत्रका आधारमा चौधरी वैशाख १७ गते पक्राउ परेका थिए।

तर, उक्त पत्र अनधिकृत रहेको पुष्टि भएपछि चौधरीलाई सोही दिन रिहा गरिएको थियो। त्यसपछि पत्र लेख्ने शाखा अधिकृत विष्टलाई प्रहरीले पक्राउ गरेको थियो।


सम्बन्धित समाचार