६ जेठ, काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सुरु हुँदैछ।
सङ्घीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयका अनुसार आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ अनुसार सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यक्रम रहेको छ।
साथै, पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८१’ सदनमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।
यसैगरी, भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बैठकमा पेस गर्नेछन्।

















