६ जेठ, जाजरकोट । मध्य पहाडी लोकमार्ग अभियानमा रहेको प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रको टोली जाजरकोटमा पुगेको छ । टोलीले आज बिहानै प्रभातीय भ्रमण सम्पन्न गरेर अस्पताल र क्याम्पसको अवलोकन, सहिदको सालिक अनावरण पनि गरेको छ ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड नेतृत्वको मध्यपहाडी लोकमार्ग अभियान टोलीले जाजरकोटको भेरी नगरपालिकामा बिहानको पैदल यात्रा गर्ने क्रममा जिल्ला अस्पताल जाजरकोटको अनुगमन गरेको हो ।
त्यस्तै भेरी ज्ञानोदय बहुमुखी क्याम्पसको अवलोकन पनि गरेको छ। क्याम्पस अवलोकनका क्रममा अध्यक्ष प्रचण्डले जनयुद्धका क्रममा मारिएका तत्कालीन स्ववियू सभापति सहिद इन्द्रलाल आचार्यको सालिक अनावरण गरेका छन्।

















