प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

६ जेठ, वीरगञ्ज । उपकार सेवा नेपालले बिरगंज महानगरपालिका वडा नम्बर–१६, इनर्वाका पूर्ण रूपमा अशक्त एक व्यक्तिलाई ह्विलचेयर प्रदान गरिएको छ । हिँडडुल गर्न नसक्ने ती व्यक्तिलाई संस्थाकी अध्यक्ष विद्या कुमारी सरावगीले घरमै पुगेर ह्विलचेयर हस्तान्तरण गरेकी हुन्।

उक्त कार्यक्रममा उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगी, संस्थाकी अभिभावक पद्मा देवी सरावगी, सामाजिक अभियन्ता प्रकाश थारू, युवा नेता ओम प्रकाश सर्राफ लगायत स्थानीय भद्रभलादमीहरूको उपस्थिति रहेको थियो।

पूर्ण रूपमा अशक्त व्यक्तिलाई হুইलचेयर प्रदान गरेपछि उनको दैनिक जीवनयापनमा सहजता आउने विश्वास गरिएको छ। उपकार सेवा नेपालले यसअघि पनि विभिन्न सामाजिक कार्यहरू गर्दै आएको छ।


सम्बन्धित समाचार