६ जेठ,काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले गाजामा करिब २० लाख मानिस भोकमरीको सामना गरिरहेको चेतावनी दिएका छन् ।
सोमबार विश्वभरका डब्ल्यूएचओ प्रतिनिधिहरूको बैठकलाई सम्बोधन गर्दै उनले इजरायली नाकाबन्दी, निकासी आदेश र मानवीय सहायताका लागि ठाउँ साँघुरिँदै गएका कारण गाजाको स्वास्थ्य प्रणालीमा गम्भीर दबाब परेको बताए ।
डा. टेड्रोसले भने, “सजिलै उपचार गर्न सकिने रोगबाट मानिसहरू मरिरहेका छन्, तर महत्त्वपूर्ण औषधिहरू सीमामा अड्किएका छन् ।” उनले डब्ल्यूएचओले २०२३ देखि गाजाबाट ७,३०० भन्दा बढी बिरामीहरूलाई बाहिर निकालेको जानकारी दिँदै, अझै पनि १०,००० भन्दा बढी मानिसलाई उपचारका लागि गाजाबाहिर लैजान मद्दत आवश्यक रहेको बताए ।
यसैबीच, इजरायलले सोमबार १० हप्ताको नाकाबन्दी पछि गाजामा “आवश्यक मात्रामा खाद्यान्न“ ढुवानी गर्न अनुमति दिने बताएको छ, जसले गर्दा अनिकालको अवस्था आउन नपाओस् ।














