६ जेठ, काठमाडौं । काठमाडौंको गोकर्णेश्वरमा एक युवकको हत्या गरेको अरोपमा ५ जना पक्राउ परेका छन् ।
३७ वर्षीय बलिन्द्र प्रकाश राईको हत्या आरोपमा ४ जना युवाहरु पक्राउ परेका हुन् । बैशाख ३० गते गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीमा राईको हत्या भएको थियो । पक्राउ पर्नेहरूमा रामेछापको सुनापती गाउँपालिका–३ का २९ वर्षीय प्रवीण तामाङ, सर्लाहीको बागमती गाउँपालिका–३ का २३ वर्षीय समीर वाइवा तामाङ, सोही ठाउँका २६ वर्षीय अभिषेक वाइवा तामाङ, सिन्धुपाल्चोकको इन्द्र्रावती गाउँपालिका–६ का २९ वर्षीय दीपेन्द्र भुजेल र काभ्रेको चौरीदेउराली गाउँपालिका–७ का २८ वर्षीय अनुराग तामाङ छन् । उनीहरूलाई प्रहरी वृत्त बौद्धको टोलीले पक्राउ गरेको हो । गते राती राईको हत्या गरेको आरोप छ ।
नयाँपाटीस्थित एक किराना पसलमा बसिरहेका बेला उनीमाथि उक्त समूहले आक्रमण गरेको थियो । आक्रमणबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिनुभयो । प्रहरीले पक्राउ परेकाहरूलाई कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अघि बढाएको छ ।

















