६ जेठ,चितवन । चितवनको मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबीचको द्वन्द्वलाई कम गर्न डिभिजन वन कार्यालयले ’मेसवायर जाली’ राख्ने कार्य सुरु गरेको छ । मध्यवर्ती क्षेत्रका सामुदायिक वनहरूमा यो काम थालिएको हो ।
कार्यालयका सूचना अधिकारी देवीप्रसाद पौडेलका अनुसार माडी नगरपालिकाका ६ वटा सामुदायिक वनमा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि घेरबार (मेसवायर जाली) जडान गर्न लागिएको छ । यस पहलले वन्यजन्तुबाट हुने बालीनालीको क्षति र मानवीय जोखिम घटाउन मद्दत पुग्ने विश्वास गरिएको छ ।

















