६ जेठ,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । भेटमा समसामयिक राजनीतिक अवस्थाका विविध पक्षमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीको सचिवालयका एक सदस्य रामशरण बजगाईंका अनुसार, यसअघि सोमबार नै भेट्ने कार्यक्रम तय भए पनि प्रधानमन्त्रीको स्वास्थ्यका कारण आजका लागि सारिएको थियो । बजगाईंले यो भेटलाई नियमित भेटका रूपमा व्याख्या गरेका छन् ।
प्रधानमन्त्रीको स्वास्थ्य आज पनि पूर्णतः राम्रो नभएकाले बाहिरका कार्यक्रमहरूमा सहभागी नभई निवासमै भेटघाटको कार्यक्रम राखिएको थियो । प्रधानमन्त्रीको अस्वस्थताकै कारण आज संसदमा जवाफ दिने कार्यक्रम समेत स्थगित गरिएको छ ।

















