Logo

६ जेठ,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ प्रारम्भ भएको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा आज (मंगलबार) यो निवेदनमाथि सुनुवाइ सुरु भएको हो ।

यसअघि आइतबार न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनीलकुमार पोखरेलको इजलासले निवेदनलाई ’हेर्न मिल्ने’ इजलासमा पेसी तोक्न सर्वोच्च प्रशासनलाई आदेश दिएको थियो । सोही आदेशबमोजिम सोमबार प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा पेसी तोकिएको थियो ।

तर, लामिछानेका तर्फबाट बहस गर्ने वकिल प्रधानन्यायाधीशका नातेदार र पूर्वडीआईजी जोशीका तर्फबाट बहस गर्ने वकिल न्यायाधीश पाण्डेयका नातेदार परेपछि उक्त इजलासले मुद्दा हेर्न नमिल्ने भएको थियो । त्यसपश्चात आज नयाँ इजलासमा सुनुवाइ अघि बढेको हो ।


सम्बन्धित समाचार