Logo

६ जेठ,वीरगञ्ज । मधेश प्रदेशको ऐतिहासिक एवं धार्मिक महत्व बोकेको वीरगञ्जको गहवा माई मन्दिरमा आगामी असार १३ गते भव्य रुपमा रथ यात्रा आयोजना हुने भएको छ ।

गहवामाई तीर्थ क्षेत्र विकास समितिको बैठकले शोभायात्रा सफल बनाउनका लागि विभिन्न उपसमितिहरू गठन गरेको छ ।

गहवामाई मन्दिरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पर्यटकीय केन्द्रको रूपमा विकास गर्ने उद्देश्यसहित असार शुक्ल द्वितीयाका दिन हुने रथ यात्रा र असार १४ गतेको छपन्न भोग एवं महाप्रसाद भण्डारा कार्यक्रमलाई विशेष बनाइने समितिले जनाएको छ ।

कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूलाई विशेष सम्मान गरिनुका साथै बाजागाजा, झाँकी, नृत्य–कलाकृति लगायत सांस्कृतिक प्रस्तुति समावेश हुनेछन् । यस वर्षको रथ यात्रा कार्यक्रमलाई अझ व्यवस्थित, आकर्षक र भव्य बनाउने तयारी भइरहेको समितिले जनाएको छ ।


सम्बन्धित समाचार