६ जेठ,काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब २५ ग्राम तौलको सुन जस्तो देखिने पहेँलो धातुको सिक्रीसहित एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–११, राधाकृष्णटोल घर भएका ४८ वर्षीय दीपक केसी रहेको विमानस्थल प्रहरीले जनाएको छ।
केसीलाई सोमबार विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेटबाट पक्राउ गरिएको हो। हिमालय एयरलाइन्सको उडानमार्फत दुबईबाट काठमाडौं आएका दीपकको साथबाट २५ ग्राम तौलको सुन जस्तो धातुसहित एक थान ल्यापटप र पाँच थान मोबाइलसमेत बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ परेका केसीलाई थप अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ।

















