Logo

६ जेठ,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले मिटरब्याजी पीडितहरूको समस्या समाधानका लागि सरकारले आयोगमाथि आयोग थपेर पीडितलाई थप पीडित बनाइरहेको आरोप लगाएकी छिन्। मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यसरी आयोग मात्र थपेर पीडितहरूले न्याय नपाउने स्पष्ट पारेकी हुन्।

सांसद श्रेष्ठले विगतका आयोगहरूलाई असहयोग गरी असफल बनाइएको र अहिले फेरि काम चलाउ प्रतिवेदन लेख्न अर्को आयोग गठन भइरहेको भन्दै आक्रोश व्यक्त गरिन्। उनले भनिन्, ’मिटरब्याजीहरूको न्याय कहिले पाउँछन्? तर पीडितलाई पीडित बनाइएको छ। कति समय अझ आन्दोलन गराइरहने? आयोगमाथि आयोग थप्ने र पीडितको समस्या बेवास्ता गर्ने राज्यको यो कस्तो नीति हो?’

उनले मिटरब्याज प्रकरणमा गृहमन्त्री, मन्त्री, सांसद र नेताहरूको कतै संलग्नता छ कि भन्ने शंका उत्पन्न हुने गरी काम नगर्न सरकारलाई चेतावनी दिइन्। ’सिंहदरबारमा पीडितलाई प्रवेश निषेध गरिएको छ। मिटरब्याजी पीडितहरूको समस्या यसरी समाधान हुँदैन। आफ्नो पार्टीको साहु जोगाउन पीडितमाथि राजनीति नगरौं। मिटरब्याजमा गृहमन्त्री, मन्त्री, सांसद र नेताहरूको कहिँ कतै भाग छ भनेर शंका उत्पन्न हुने गरी काम नगरौं। मिटरब्याजी पीडितहरूलाई न्याय दिनुप¥यो,’ उनले जोडदार माग गरिन्।


सम्बन्धित समाचार