प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

६ जेठ,काठमाडौं । आज दिउँसो कास्की जिल्लाको सिनुवालाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले दिएको जानकारीअनुसार दिउँसो १ बजेर ५९ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो।

भूकम्पको धक्का कास्कीसहित तनहुँ, बागलुङ, पर्वतलगायतका आसपासका जिल्लाहरूमा समेत महसुस भएको स्थानीय बासिन्दाले बताएका छन्।

यसअघि, गत वैशाख ३१ गते सोलुखुम्बुको छेस्काम केन्द्रबिन्दु भएर ४.६ रेक्टर स्केलको भूकम्प गएको थियो।


सम्बन्धित समाचार