Logo

६ जेठ, काठमाडौं । नेपाल शिक्षक महासंघले सहमति अनुसार विद्यालय शिक्षा विधेयक तयार नभए फेरि आन्दोलन गर्ने चेतावनी दिएको छ ।

महासंघले शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि उपसमितिले गत आइतबार बुझाएको प्रतिवेदनमा असहमति जनाएको हो । आज विज्ञप्ति जारी गर्दै कर्मचारी विरोधी प्रबन्धहरु हटाएर विगतका सबै सहममि हुबहु समेटेर प्रतिवेदन तयार गर्न महासंघले माग गरेको छ ।

समितिले सहमति अनुसार विधेयक तयार नगरे आवश्यकता अनुसार जुनसुकै बखत आन्दोलन हुनसक्ने भन्दै त्यसका लागि तयार रहन पनि सबै शिक्षक कर्मचारीलाई आग्रह गरिएको छ । विज्ञप्तीमा आन्दोलन र सरकारसँग भएका सहमती बिर्सेर तयार गरिएको प्रतिवेदनले शिक्षक कर्मचारीलाई झन आकोशित गराएको जनाएको छ । यस कार्यमा अन्याय भए झन ठूलो आन्दोलन गर्ने विज्ञप्तीमा उल्लेख छ ।

सुविधा र विकल्प चयनको अवसर नदिई सबै शिक्षक दरबन्दी स्थानीय तहमा जवर्जस्ती हन्तान्तरण गर्न खोजिएको महासंघले आरोप लगाएको छ । प्रतिवेदन विधेयक भन्दा पनि पश्चगामी भएको महासंघको अरोप छ ।
संसद्को उपसमितिले बुझाउको प्रतिवेदनमा ४६ हजार शिक्षकलाई ६० प्रतिशत सिटमा मात्रै आन्तरिक प्रतिस्पर्धा गर्न दिने र उनीहरुमा उमेरहद नलाग्ने उल्लेख गरिएको छ ।


सम्बन्धित समाचार