Logo

६ जेठ,काठमाडौं । सर्वोच्च अदालतले अर्थशास्त्री डा. विश्व पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर बन्ने बाटो खुला गरिदिएको छ। मंगलबार न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले उनलाई गभर्नर बन्नबाट रोक्न माग गर्दै दायर भएको रिट दरपिठ गर्ने सर्वोच्च प्रशासनको यसअघिको आदेशलाई सदर गरेको हो।

अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले अर्थशास्त्री पौडेललाई गभर्नर बनाउन नमिल्ने मागसहित सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। तर, सर्वोच्च प्रशासनले गत शुक्रबार उक्त रिट दरपिठ गरिदिएको थियो। प्रशासनको उक्त निर्णय बदर हुनुपर्ने मागसहित अधिवक्ताद्वयले सोमबार इजलासमा निवेदन पेस गरेका थिए।

सर्वोच्च अदालतको यो आदेशसँगै कानूनी हिसाबले डा. पौडेललाई गभर्नर बन्ने बाटो खुलेको छ। यसअघि प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबिच पौडेललाई गभर्नर बनाउने विषयमा राजनीतिक सहमति भइसकेको बुझिएको छ।


सम्बन्धित समाचार